२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट एकको मृत्यु

इटहरी – सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ। 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार मध्यान्ह १ः३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनसरी भुटाहा–३ निवासी ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो। 

कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा पुर्‍याइएपछि मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । उनीसँगै हिँडिरहेका नरसिंह–६ का ५५ वर्षीय रतिश अन्सारी पनि गम्भीर घाइते भएको र उनको जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचारपछि तत्कालै न्यूरो अस्प्ताल विराटनगरमा थप उपचारका लागि पठाइएकोे छ । 

दुर्घटना गर्ने कार र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिई कारबाही अघि बढाइसकेको बताएको छ । रासस 

प्रकाशित: २३ श्रावण २०७४ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App