१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए। 

आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए। अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ । 

अरिङ्गालले गाई–गोरु–बाख्रालाईसमेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्दै आएका थिए । रासस 

प्रकाशित: २३ श्रावण २०७४ ०५:५८ सोमबार

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु