५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

काठमाडौंबाट हेटौडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौं-हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ।

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

यसैगरी त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग, हेटौडा-भीमफेदी सडकखण्ड र भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८० ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App