१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी– बसले ठक्कर दिँदा यहाँ शुक्रबार एक जना साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दैलेखबाट काठमाडौँका लागि हिडेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिए। 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रकाशित: ६ श्रावण २०७४ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App