३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विष सेवनबाट एक जना पुरुषको मृत्यु

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

उनलाई विष सेवनपछि अशक्त भई उपचारको लागी भक्तपुर अस्पताल लगिएको थियो । विष सेवनको कारण नखुलेको प्रहरीले जनाएको छ।उनको उपचारमा उनको दाइ दिब्यप्रसाद दिवाकर संलग्न रहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको आज विहान अस्पतालमा मृत्यु भएको हो । उनले शनिबार बेलुकी पौने पाँच बजे विष सेवन गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८० ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App