२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टांगा व्यवसायीको बढ्यो आम्दानी

भारतको रक्सौलसम्म ढुवानी गर्न वीरगन्ज भन्सार क्षेत्रमा रहेको ट्रकबाट टांगाहरुमा गोलभेँडा लोड गरिदै ।

वीरगन्जबाट भारतको रक्सौल गोलभेँडा ढुवानी गर्ने वीरगन्जका टांगा व्यवसायीहरुको विगत एक महिनादेखी आम्दानी बढेको छ।

वीरगन्जबाट रक्सौल गोलभेँडा ढुवानी गर्दा एक टांगा धनीले २५ सय रुपैयासम्म भाडा कमाउने गरेका छन्।

भारत भन्दा नेपालमा धेरै सस्तो रहेको गोलभेँडालाई ढुवानी गर्दा एक घण्टामै एक टांगा  धनीले आठ सय नेपाली रुपैयासम्म भाडा कमाउने गरेको ले टंगा व्यवसायीहरुले बताएका छन्।

वीरगन्ज भन्सारबाट भारत रक्सौलको कोइरिया टोलासम्म २५ क्यारेट गोलभेँडा ढुवानी गर्दा एक पटकमा आठ सय रुपैया भाडा हुने गरेको टंगा धनी महम्द मुसाल बताउँछन्।

देशको विभिन्न भागमा व्यपारीहरुले ट्रक र पिकअप भ्यानमा किसानहरुबाट गोलभेँडा किनेर वीरगन्जसम्म ल्याउने र त्यस पछि गोलभेँडालाई टंगामा लोड गरेर भारत ढुवानी हुदै आएको मुसाले बताए।

दैनिक सयौं क्विन्टल गोलभेँडाहरुलाई टांगामा लोड गरेर रक्सौलसम्म ढुवानी गर्ने गरेको उनले बताए। अटो र ईरिक्साको कारणले टांगाको व्यापार नै नभएको बेलामा गोलभेँडा ढुवानीले एक महिनादेखि राम्रो आम्दानी दिएको उनले बताए।

वीरगन्ज भन्सार कार्यालयबाट कागजी प्रक्रिया पुरा गरेर एक टंगा गोलभेँडा भारत पुरयाउँदा वीरगन्ज भन्सार कार्यालयलाई कारोबार गर्ने फर्म शुल्क मात्रै पाँच सय रुपैया तिर्नु पर्ने व्यवस्था रहेको गोलभेँडा व्यापारी अनिल बर्णवालले बताए।

नेपालबाट थोकमा ४० रुपैयाको हाराहारीमा पाउँने गोडभेँडालाई सीमा भार गराउँदा भारतीय रुपैया एक सय ५० सम्ममा प्रति किलो बिक्री हुने गरेको गोलभेँडा व्यपारीहरुले बताएका छन्।

भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ। यसले भारतका  सर्वसाधारणलाई मार पारे पनि नेपाली किसान भन्दा व्यपारीहरुले कमाउने अवसर पाए छन्। वीरगन्जका तरकारी व्यवसायीले नेपालबाट ठूलो परिमाणमा गोलभेँडा भारत पठाउने गरेका छन्।

वीरगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ जति छ। सीमापारि भारतमा त्यसको मूल्य १८० रुपैयाँ रहेको व्यवसायीहरू बताउँछन्।

झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको व्यपारी बर्णवालले  बताए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिल्लाराम पन्थीले वीरन्जगबाट भारत निकासी गरिने गोलभेँडमा कुनै किसिमको भन्सार शुल्कको व्यवस्था नरहेको र कारोबार गर्ने फर्मको शुल्क मात्रै लिने व्यवस्था रहेको बताए।

प्रकाशित: २ श्रावण २०८० ११:५८ मंगलबार

टांगा व्यवसायी