२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

कैलाली –  टीकापुर नगरपालिकाको जानकी गाउँपालिका पथरियामा बुधबार बिहान ना ५ ख ५३० नम्वरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिका–१ का करुणा विद्यालयका प्रधानाध्यापक जोधुराम चौधरीको मृत्यु भएको छ । 

टीकापुरबाट नेपालगञ्जतर्फ गइरहेको सुदुरपश्चिम यातायातको बस ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उक्त बसमा सवार प्रधानाध्यापक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रमुख दीपक पातलीले जानकारी दिए।
 
दुर्घटनामा गम्भीर घाइते अन्य चारजनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App