१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ठेकेदारले टालटुल पारेको सडक सकार्दै सरकार

सल्लेरी–ओखलढुंगा सडकखण्ड निर्माण गरिदै । तस्बीर: राधा ढुंगाना

सोलुखुम्बु— निर्माण सम्पन्न नहुदै भत्किएको सल्लेरी–ओखलढुंगा सडकखण्ड ठेकेदार कम्पनीले टालटुल पारेर भुक्तानी लिने तयारी गरेको छ। सरकार त्यसलाई स्वीकृति दिन तयार देखिएको छ।

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुंगाको रमाइलोडाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाइ बुझाउने तयारी गरेको हो। हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए।

निर्माण सम्पन्न नहुदै भत्किएको सल्लेरी–ओखलढुंगा सडकखण्ड ठेकेदार कम्पनीले टालटुल पारेर भुक्तानी लिने तयारी गरेको छ। सरकार त्यसलाई स्वीकृति दिन तयार देखिएको छ।

निर्माण सम्पन्न नहुँदै कालोपत्रे उक्किएर सडक भत्किन थालेको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कालोपत्रे उक्किएको स्थानमा टालटुल गर्ने काम अहिले धमाधम भइरहेको छ। ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा निर्माण नहुँदै सडक भत्किएको थियो।

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्बसाधरणले सडकको गुणस्तरलाई लिएर चिन्ता ब्यक्त गरेका छन्। तिङलाका चिरन्जीबि कार्की भन्छन्, ‘समय छँदा सबै आरामले बस्ने, अनि अन्तिममा आएर हतार गरेपछि कसरी गुणस्तर हुन्छ’ उनले भने, ‘अबको एक÷दुई वर्ष मै फेरि धुले सडकमा हिँड्नु पर्छ जस्तो लाग्छ।’

गत वर्ष वर्षायाममा समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो। वर्षातको समयमा गरिएकाले काम गुणस्तरीय नभएको र सडक भत्किएको पत्तालेका अमृत मगरले गुनासो गरे।

सडकछेउका नहरहरु पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ। हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो। सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकहरु समेत अहिले सडकमार्ग मार्फत आउन थालेका छन्।

सडक निर्माणमा लापरवाही गरिएकाले छिटै भत्किने डरले पर्यटन ब्यबसायी पनि चिन्तीत छन्। टिपटप ट्रेकिङ कम्पनिका प्रबन्धक निमा शेर्पाले भने, ‘अहिले त पहिलो क्षेत्रबाहेक सबैमा ठिकै छ। तर अहिले नै खाल्डाखुल्डी परेकाले दिगो होला जस्तो लाग्या छैन।’

सन् २०११ डिसेम्बर ११ मा ठेक्क सम्झौता भई दुइ वर्ष पछि अर्थात सन् २०१३ डिसेम्बर २८ मा कालोपत्रेको काम सम्पन्न गर्नु पर्ने भएपनि अहिले सम्म पनि काम पूरा भएको छैन। निर्धारित समयमै काम सम्पन्न नहुँदा सोलु–ओखलढुंगा सडकखण्डको पीचमा थप ८ करोड रुपैयाँ भन्दा बढी लागत देखिएको छ। सडक कालोपत्रेका लागी एशियन बिकास बैँकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ।

ठेकेदार कम्पनीले थप ४ बर्ष गुजार्न लाग्दा समेत काम सम्पन्न नभएपछि लागत रकम थप बढेको हो। सुरुमा एशियाली बिकास बैक (एडिबि)को ४३ करोड र नेपाल सरकारको २२ करोड गरि ६५ करोड रुपैयाँ लागत इष्टमेट तयार पारिए पनि निर्माण सम्झौता अबधीमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुंगा–सल्लेरी सडक आयोजनाले जनाएको छ। काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनि लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक पटक म्याद थप गरेको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App