१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङको गोलाभञ्ज्याङमा बस दुर्घटना, २ को मृत्यु, २५ घाइते

धादिङ- जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

                ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको छ । दुर्घटना स्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् । धादिङबेसीबाट प्रहरीको टोली उद्धारको लागि जाँदैछ । एम्बुलेन्सहरु पनि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

                ओरालो कच्ची सडकमा छेउबापट्टी खसेको उद्धारमा संलग्न विजय इटनीले जानकारी दिए । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।

 

 

प्रकाशित: १४ जेष्ठ २०७४ १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App