१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङमा परी एकको मृत्यु, दुई घाइते

जाजरकोट – जाजरकोटमा  विहीबार साँझ चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

चट्याङमा परी जुुनीचाँदे गाउँपालिका ५ मटेलाकी १३ वर्षीया डिला परियारको मृ्त्युु भएको प्रहरीले जनाएको  छ । 

स्थानीय काले खोलामा काफल खाएर घर फर्कने क्रममा चट्याङमा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  डिलासँगै  काफल खान गएकी सोही ठाउँकी  १४ वर्षीया हिरा परियार र  मालिका बस्नेत  घाइते भएको  प्रहरीले जनाएको  छ । 

चट्याङ लागेर डिलाको घटना स्थलमै मृत्यु भएको  र  संगै भएका  बस्नेत र परियार घाइते  भइ  बेहोस भएको प्रहरीले  जनाएको  छ । जिल्ला सदरमुुकाम खलंगा देखि डेढ दिनको पैदल दुरीमा रहेको उक्त स्थानमा  अहिले स्कुले विद्यार्थीहरू  काफल चोत्रा खान जंगलमा अत्याधिक मात्रामा जानेको गरेको  स्थानीयवासीहरू बताउँछन् । 

हावाहुरी र वर्षातका कारण जंगलको वातावरण  गतिलो नभएपनि समूहमा र एक्लै स्कूले  विद्यार्थीहरु काफल चोत्रा र ऐसेलु खान जाने गरेको  स्थानीय हरिबहादुुर शाहीले वताए ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App