काठमाडौं—आज बिहान स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आउनुभएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो।
उनलाई बा २ ख ५७३० नंको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले राससलाई जानकारी दिए। ढकालका अनुसार ट्रक र चालकलाई अहिले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ। घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ। रासस
प्रकाशित: ६ जेष्ठ २०७४ ०३:३३ शनिबार