६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्‍गामा तारबार लगाउने भएको छ।

महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो।

आइतबार दिउँसो नगर प्रहरी महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जाँदै छ। उक्त टोलीले आज जग्गा नाप्ने र त्यसपछि तारबार लगाउने महानगरले जनाएको छ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो।  

प्रकाशित: १७ असार २०८० ०८:३१ आइतबार

ललिता निवास काठमाडौं महानगरपालिका