२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गुन्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले चक्रपथको घरमै गएर गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ।
 
महाशाखाको डिएसपीको कमान्डको टोलीले उनलाई करिब ३ बजे पक्राउ गरेको हो। विशेष अदालतमा सम्पत्ति शुद्दिकरण मुद्दा खेपिरहेका उनी नेकपा एमाले निकट मानिन्छन्।
 
महाशाखाले स्थानीय चुनावको सुरक्षामा प्रभाव पार्नसक्ने भन्दै पक्राउ गरेको हो । २ दिन अगाडि प्रहरीले राप्रपा मनाङ अध्यक्ष दिपक मनाङगेलाई पक्राउ गरि सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको छ।
 
निर्वाचन सुरक्षा लक्षित सुरक्षा योजनासंगै प्रहरीले उपत्यकाका १ सय २४ जनाको सुचि बनाएर पक्राउ शुरु गरेको थियो।
 
लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका गुन्डा नाइके गणेश लामा समेत निगरानी सुचिमा भए पनि पक्राउ परेका छैनन्। चक्रेको भाई तेजेन्द्र पक्राउ परे पनि २४ घन्टा नबित्दै मुक्त भएका थिए।
 
प्रहरीले हालसम्म ४६ जना गुन्डा पक्राउ गरे पनि ३८ जना निर्वाचन अगाडिनै धरौटीमा छुटी सकेका छन् । चक्रे सहित प्रहरी हिरासतमा ६ गुन्डा छन्। धरौटीमा छुटेकालाई दैनिक हाजिरीमा राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले बताए।

प्रकाशित: २६ वैशाख २०७४ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App