३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोशीमा बाढी पहिरो: मृतकका परिवारलाई एक लाख दिने निर्णय

बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई  कोशी प्रदेश सरकारले १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले प्रतिमृतकको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारका लागि ५० हजार रुपैयाँ सम्म उपचार खर्च दिने, प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि आबश्यक व्यवस्थापन गर्नेलगायतका निर्णय गरेको मुख्य मन्त्रीका प्रेस संयोजक महेन्द्र विष्टले जानकारी दिए।

केहि दिन देखिको बर्षाका कारण कोशी प्रदेशको पहाडी जिल्लामा ८ जनाको मृत्यु भइसकेको छ। यस्तै ९ जना घाइते भएका छन् भने २८ जना वेपत्ता भएका छन्।  

प्रकाशित: ४ असार २०८० १३:१५ सोमबार

बाढी पहिरो