४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बुढाबुढी स्याहार्न सिक्दै युवायुवती

सामान्यतया: हरेक घरपरिवारमा बुढाबुढी उमेरका ज्येष्ठ नागरिक हुन्छन् नै। तर यस्ता ज्येष्ठ उमेरमा पुगिसकेका बुढाबुढीहरुको स्याहारसुसार घरमा कसरी गर्ने भनेर धेरैलाई राम्रो जानकारी नहुन सक्छ। यही जानकारी लिनका लागि भक्तपुरका एक हुल युवायुवती स्याहारकर्ता (केयर गिभर) तालिम लिँदै छन्।

एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरमा उनीहरु दैनिक तालिम दिनमा व्यस्त भएका हुन्।

एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवाल घरघरमा हुने ज्येष्ठ उमेरको स्याहारसुसार जे आयो त्यो टर्‍यो भन्ने नेपाली उखान जस्तै भइरहेकोमा दुःख बिसाइन्।

‘बूढाबूढीलाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरु हुन्छन्, एक दशकभन्दा बढी समय इजरायल देशमा केयर गिभरमा काम गरेर नेपाल फर्केकी एवं सिद्धि स्मृति वृद्धा आश्रम भेलुखेल भक्तपुरकी पूर्व प्रमुख नर्सिङ इन्चार्ज वीएन (व्याचुलर इन नर्सिङ) की अमृत्यश्वरी सुवाल भन्छिन्, बुढाबुढी स्याहार्ने यस्तो सीप हरेक घरघरमा कम्तीमा पनि एक जना सिक्नैपर्ने हुन्छ।’

यद्यपि नेपालमा यसको महत्त्व नबुझेको भन्दै महत्त्व बुझाउन आफू अहोरात्र खटिरहेको उनी सुनाउँछिन्।

एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोप्राइटर रामबाबु राउतका अनुसार यो कोर्स सीटीईभीटीईसँग सम्बन्धित हुन्छ। उनका अनुसार यो कोर्स तीन महिनाको हुन्छ। यसका साथसाथै बुढाबुढीकाे उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता (कफी मेकिंग एण्ड सर्भिस) र हाउस किपिंग सर्भिस तालिम पनि रहेको राउत सुनाउँछन्।

इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभव बटुलेर आएका राउत विकसित अविकसित सबै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औँल्याउँछन्। 

‘हरकेका घरमा हुने बुढाबुढी स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरु भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्त्व अझ धेरै छ।’

तालिम लिनका लागि महिलाहरु मात्रै नभई पुरुषहरु पनि उतिकै आउने गरेको उनले सुनाए। 

केयर गिभर तालिम लिइसकेपछि विदेशी देशहरुमा गएर पनि अवसर थुप्रै पाइने भएकाले एक थरी युवायुवतीको आकर्षण यसप्रति रहेको देखिन्छ।

विदेश पढ्न जाँदा पनि पार्ट टाइमरको रुपमा केयर गिभरको काम गर्न सकिने भएकोले विदेश जाने योजनामा रहेकाहरुले पनि यसको तालिम लिन आउने गरेको जनाइएको छ। काठमाडौँसँग जोडिएको चार वटा नगरपालिका रहेको भक्तपुरमा यो नै पहिलो र एउटै मात्रै केयर गिभर तालिम सेन्टर रहेको दाबी गरिएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App