१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले पठायो हुँदै नभएको वडामा बजेट

२०७१ मंसिर १६ गते माडी उपत्यकाका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविसलाई मिलाएर ९ वटा वडा सहितको माडी नगरपालिका बनाइएको थियो। तर, संघिय सरकारले माडी नगरपालिकालाई अन्तर सरकारी वित्तिय रकम हस्तान्तरण गर्दा १० वटा वडा बनाएर कार्यक्रम पठाएको छ।

अर्थ मन्त्रालयले माडी नगरपालिकाको नभएको वडा नम्बर १० लाई तोकेर कार्यक्रम पठाएको नगरप्रमुख ताराकुमारी काजि महत्तोले बताइन्। ‘सरकारले केन्द्रिकृत शासन व्यवस्थालाई विकेन्द्रिकृत बनाउँदै लगेको छ। ‘सोही अनुरुप स्थानीय तह र प्रदेश गठन भएका छन्। तर, बजेट केन्द्रले नै आफ्नो मातहतमा राख्छ,’ संघिय सरकारप्रति असन्तुष्ट पोख्दै प्रमुख महत्तोले भनिन् ‘माडीमा हुँदै नभएको १० नम्बर वडामा बजेट तोकेर नै पाईएको छ।’ त्यहाँ कार्यक्रम तोकेर नै स्यालुटुबेल जडान गर्न भन्दै १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय संरचना नै नहेरी केन्द्रिय सरकारले कार्यक्रम तोकेर पठाउन नहुने उनले बताइन्। बजेट दिएपछि हामीले स्थानीय आवश्यकतालाई बुझेर बजेट विनियोजन गर्दथ्यौँ। केन्द्रबाट नै लादेर कार्यक्रम पठाईएको छ, उनले भनिन्, ‘वडा नै नभएको ठाउँमा बजेट विनियोजन भएको छ । त्यहाँ कार्यक्रम कसरी सञ्चालन गर्ने?’

स्थानीय तहमा आवश्यकता असिमित छन्। विकास निर्माणका काम गर्न बजेट अपुग नै हुन्छ। तर, अध्ययन विना आउने बजेटले काम गर्न कठिन हुने उनको भनाइ छ।

स्थानीय तहमा आएको रकम प्राथमिकताका आधारमा स्थानीय तहले नै विनियोजन गर्दथे। तर, यसपटक केही कार्यक्रम वडा विशेषलाई तोकेर आएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले बताए। मासु प्रवद्र्धन कार्यक्रम (बाख्रा, भेडा, बंगुर, पाडा लगायत) भनेर वडा नम्बर ८ लाई बजेट आएको छ। यसका लागि ५० लाख १२ हजार रुपैयाँ बजेट छ।

माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख रुपैयाँ आएको बजेट आएको छ। त्यसमध्ये समानिकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानिकरण न्यूनतम अनुदान ३ करोड ५० लाख, समानिकरण सुत्रमा आधारित अनुदान ८ करोड १४ लाख, समानिकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रहेको छ।  

त्यस्तै सशर्त अनुदान ३० करोड ३६ लाख रहेको छ। संघिय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ। तर, विशेष कार्यक्रम अन्तरगत दुई वटा कार्यक्रम वडा नै तोकेर पठाइएको छ।  

प्रकाशित: २३ जेष्ठ २०८० १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App