१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१२ वर्षीया किशोरीले रुँंदै भनिन्, ‘मलाई मेरै बुबाले बेचे’

गाउँंगाउँंका गरिव, अशिक्षित किशोरीहरुलाई भारतका विभिन्न ठाउँंका कोठीहरुमा आफनै नातागोता, आफन्त, छरछिमेक, साथीभाइ आदिले बेखविखन गरेको धेरै सुनेका छौं । तर भक्तपुरमा भएको एक कार्यक्रममा १२ वर्षीय एक किशोरीले आफनै बुबाले आफूलाई बेचेको भन्दै दुःख विसाएकी छन् ।

विश्व सेवा विस्तार नामक गैरसरकारी संस्थाले गरेको सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी दुई बालिकाले आ आफनो पीडा पोखेका हुन् । ‘घरमा एक हप्तामा एक छाक खानलाई पनि केही छैन, ती बालिकाले भनिन्, आमाबुबा दुवैजना दिनरात रक्सी खाएर मातिरहेका हुन्छन् अनि हामीलाई खुवाउन दवाव दिइरहनुहुन्छ ।’ उनले थपिन्, ‘गाउँंमा आफनै घरखेत केही थिएन, जंगलको कन्दमुलको भरमा बाँंच्नुपर्छ । त्यो पनि सिजन अनुसार वर्षमा तीन महिना मात्रै पाइन्छ ।’ 

यही गरिवीको चपेटाका कारण आफूलाई बुबाले नै भारतमा बेचाउन बोर्डर (नेपाल भारत सिमा नाका)मा पुयाएको उनले बताइन् । शंका लागेपछि उनलाई विश्व सेवा विस्तार संस्थाका नाकामा रहेका कर्मचारीले सोधपुछ गरी उद्धार गरिएको उनले सुनाइन् । संस्थाले नेपाल भारतका तीन वटा नाका भद्रपुर, काकडभिता र विराटनगरमा कर्मचारीहरु खटाएर शंका लागेका किशोरीहरुमाथि सोधपुछ गर्ने र उद्दार गर्ने कार्य गरिरहेको छ । कार्यक्रममा उद्धार गरिएकी दुई जना किशोरीहरुले आआफनो दुःख पोखका थिए।

संस्थाकी कार्यक्रम संयोजक सरस्वती मानन्धरले संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकडभिता, विराटनगर र भद्रपुर  नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किरोशीहरुलाई जोगाउन निगरानी गर्दै आएको जनाइन् । ‘पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीहरुलाई घर फर्काउन सफल भइयो, कार्यक्रम संयोजक मानन्धरले जनाइन्।उनले शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइन्।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार प्रधानले आर्थिक वर्ष २०७१।०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको जानकारी गराए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेल लगायतले मानव वेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए।

प्रकाशित: १८ जेष्ठ २०८० १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App