१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पति हत्याको आरोपमा पत्नी पक्राउ

कालिकोट – जिल्लाको महावै गाउँपालिका–५ मा पति हत्याको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महावै —५ कि १६ वर्षीया धनकला विकलाई आफ्नै पति २३ वर्षीय नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरेको हो । 
चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित ससुराली घरमा आएको समयमा सोही नगरपालिका–९ का १८ वर्षीय रमेश विकसँग मिलेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरी हिरासतमा राखेको हो । 
आरोपी रमेशसँग विवाह गर्ने उद्देश्यले हत्या गरी भिरको खोल्सामा फालेको आरोपी धनकलाले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख ‘डिएसपी’ योगेन्द्र खड्काले बताए ।  हत्याको आरोपी रमेश विक फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  
एक हप्ता अगाडी हराएका मृतक नरेन्द्रको लास चैत ११ गते खाँडाचक्र नगरपालिका–८ छायढुस्की खोल्सामा प्रहरीले भेटाएको थियो ।
 

प्रकाशित: १३ चैत्र २०७३ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App