पर्साबाट प्रहरीले १० केजी प्रतिबन्धित लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले चरेससहित कालिकामाई गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिल पासवानलाई पक्राउ गरेको हो।
प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीको टोलीले पासवान चढेर आएको बीआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा लागु औषध चरेस फेला पारेको थियो।
उनले बोकेको झोलामा लुकाई छिपाई राखिएको लागु औषध चरेस २० प्याकेटमा प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० किलो प्रतिबन्धित लागु औषध चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
पक्राउ परेका उनलाई लागु औषध चरेससहित ईलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए।
प्रकाशित: १२ जेष्ठ २०८० १४:४१ शुक्रबार