१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सल्यान – रुकुम मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा १९ वर्षीय भीमबहादुर सिपाइली रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका सिपाइलीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नं को ट्याक्टर बिहीबार बेलुकी खलङ्गा नजिकै दुर्घंटना भएको थियो । सडकबाट झन्डै दुई सय मिटर तल ट्याक्टर खसेको थियो । 

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सल्यान शारदा नगरपालिका– २ का २७ वर्षीय हरि नेपालीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७३ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App