१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाल लगायत संचना हटाउन सुरु गरेको छ।

सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले बताए।

 आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ¥याङ, पर्खाल लगायतका संचना हटाउन सात दिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैं डोजर लगाएर भत्काउने उनले बताए।

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाल लगायत संचना हटाउन सुरु गरेको छ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भर्‍याङ, पर्खाल लगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो। ती सबै क्षेत्रमा पटकपटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताए।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका-१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मंगलबार भत्काएको छ। यसलाई तीव्रता दिंदै भक्तपुर र काठमाडौंतर्फका सबै अतिक्रमित संरचना भत्काइने उनले बताए।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका-१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मंगलबार भत्काएको छ।

मनोहरास्थित टहरामा बस्दै आएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटकपटक निर्देशन दिंदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उनले बताए।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटकपटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गत साता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ।

भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उनको भनाइ छ।  

प्रकाशित: १० जेष्ठ २०८० ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App