७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बढी तौल देखिए पछि प्रहरीले लियो ७ भारतीय मालबाहक नियन्त्रणमा

प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्लाइएस ( सिमेन्टको कच्चा पदार्थ ) बोकेका ७ भारतीय मालबाहक साधनलाई नियन्त्रणमा लिएको छ। सुठौली भन्सारबाट आएको ७ भारतीय मालबाहक साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सरकारी धर्मकाटा नभए पछि सो सवारी साधन यशोधरा गाउपालिका– ५ बैदौली स्थित साहिल धर्म काटामा भन्सारले तौल गराउने गर्छ। सो धर्मकाटामा ७ वटा गाडीको फ्लाईएस बोकेको गाडीको तौल २ लाख ५० हजार ५ सय केजी तौल गरी भन्सारले प्रज्ञापन पत्र बनाएर गाडी नेपाल भित्राइएको थियो। प्रहरीले शंका लागी तौलिहवामा युपी ७० जीटी १९६२,युपी ६४ एटी २४२५, युपी ६४ एटी २४२८, युपी ६४ एटी २४२७,युपी ४३ एटी ६३६४, युपी ४३ एटीयुपी ४३ एटी ७४११ नम्बरबो गाडीलाई राकेर सोही साहिल धर्म काटामा लगेर तौल गराएको थियो। त्यही धर्मकाटामा त्यही मालबाहक साधनलाई तौल गराउदा २ लाख ६८  हजार ५९५ केजी ताल देखिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। प्रज्ञापन पत्र भन्दा १८ हजार ९५ केजी बढी देखिएको हो। ‘त्यस्ता माल बाहक सवारी साधानले प्रज्ञापन पत्र भन्दा बढी सामान ल्याउने गरेको गुनासो आएको थियो, त्यही आधारमा तौल गर्दा प्रज्ञापन पत्र भन्दा १८ हजार किलो बढी देखिएको थियो’ प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतलले भने।

नियन्त्रणमा लिइएको मालक बाहक साधनलाई आवश्यक कारबाहीकालागि बुटवल स्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको उनले बताए। यस अघि पनि आफूहरुले ३ वटा माल बाहक साधनलाई राजस्व पठाइएको उनले बताए। सूठौली भन्सारको अझै सम्म आफनो धर्मकाटा छैन। जसले गर्दा भन्सार नजिकै रहेको धर्मकाटामा तौल गराइने गरिएको छ। यो नाकामा फ्लाईएएस मात्र होईन अन्य मालक सामान ल्याउदा पनि भन्सार कर्मचारीको मिलेमतोमा प्रज्ञापन पत्र भन्दा बढी सामानहरु भित्राईने गरेका मर्यादपुरका ब्यापारीहरु बताउँछन्।

‘एउटै धर्मकाटामा भन्सारले गरको तौल र प्रहरीले गरेको तौलमा कसरी फरक आउछ  ’ एक ब्यापारीले भने ‘यसमा सरासर मिलेमतो देखिन्छ।’ उता सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीले ७ वटा गाडीको तौलमा त्यत्ति फरक आउनु सामान्य कुरा रहेको दाबी गरे। उनले हावाको प्रेसर डिजेल, पाईप लगायतका कारण एउटा गाडीमा १ हजार देखि २ हजार केजी सम्म फरक आउन सक्ने दाबी गरे। फ्लाइएएसको भन्सार शुल्क प्रति टन १ हजार रुपैया रहेको उनले बताए।  

प्रकाशित: ७ जेष्ठ २०८० ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App