७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मिलेमतोमा भन्सारले लिलाम गरेको मलको जाँच अख्तियारबाट

फाइल तस्वीर

कठिन वातावरणका बीच नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले गोली चलाएर भए पनि नियन्त्रणमा लिएको एक हजार तीन सय बोरा रासायनिक मललाई गौर भन्सार कार्यालयले आधाभन्दा कम मूल्यमा बेचेको घटनाको छानबिन अख्तियारबाट गराइने भएको छ ।

२० लाख दुई हजारभन्दा बढी मूल्यको रासायनिक मललाई भन्सारका नायब सुब्बा रेवती रोक्काले मिलेमतोमै बेचेको हो भनेर आलोचना र असन्तुष्टि बढेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले लिलाम बढाबढका कागजपत्र झिकाएका छन्।

कागजपत्रहरूको प्रारम्भिक अध्ययन गर्दा त्रुटिपूर्ण देखिएकाले अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइने प्रजिअ मिश्रले जानकारी गराएका छन्।

गौर भन्सार कार्यालयका कार्यालय प्रमुख बिदामा गएको मौका छोपी नासु रोक्काले नियम र प्रक्रिया मिच्दै लिलाम बढाबढमा भाग लिन चाहनेलाई रोक्दै आर्थिक चलखेलका आधारमा २० लाखभन्दा बढी मूल्यको मलखाद १० लाख दुई हजारमा बिक्री गरेका थिए।

गौर भन्सार कार्यालयका नासु रोक्काले आफूले मलखादको लिलाम बढाबढ पूर्ण रूपमा नियम र प्रक्रियाअनुसार नै गरेको बताएका छन्। 

प्रकाशित: ४ जेष्ठ २०८० ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App