सन्तोष सिंह
सर्लाही- ज्यान मुद्दामा सर्बोच्च अदालतबाट सर्वश्व सहित जन्म कैद फैसला भए पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
०५४ बैशाख २ गते गहुँ काटने विषयमा गोली प्रहार गरी मानपुर–५ का रामनिरन्जन राय र बिरेन्द्र रायको हत्या गरी फरार रहेका मानपुरका–५ का ४५ वर्षीय विनोद कुमार रायलाई पक्राउ गरीएको सर्लाहीका प्रहारी उपरीक्षक उत्तमराज सेवेदीले बताए।
०७३ बैशाख १५ गते सर्बोच्च अदालतबाट सर्वश्व सहित जन्म कैदको फैसला भएपछि भारतमा लुकिछुपि बस्दै आएका रायलाई आइतबार दिउँसो १ बजे मानपुर–५ बाट गोप्य सूचनाको अधारमा पक्राउ गरीएको प्रहरी उपरीक्षक सुवेदीले बताए।
रामनिरंजन राय र दोशनरायन रायबीच गहुँ काटने विषयमा पंचायत हुदै गर्दा पक्राउ परेका बिनोद राय र भारत मेजगंजका बुलेन्द्र राय भनिने बिरेन्द्र रायले बन्दुक फायर गरेका थिए। राजनीतिक मुद्दा भन्दै तत्कालिन सरकारले मुद्दा दवाएपछि सर्बोच्च अदालतले ०७३ बैशाख १५ गते बिनोद रायलाई सर्वश्व सहित जन्म कैदको सजाय सुनाउदै अन्य २४ जना आरोपितलाई सफाई दिएको थियो।
गोली प्रहार गरी हत्या गरिएका रामनिरन्जन रायको गोली प्रहार गरी हत्या भएपछि पहिलो संविधान सभामा नेकपा एमाले पार्टीले उनकी श्रीमती किरण देवी यादवलाई समानुपातिक तर्फबाट सभासद बनाएका थिए।
पूर्व सभासद यादव पछि एमाले छोडेर महेन्द्र राय नेतृत्वको तराइ मधेस सदभावना पार्टी(तमसपा) प्रवेश गरेकी थिइन्।
प्रकाशित: २२ फाल्गुन २०७३ १३:३९ आइतबार