५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने

फाइल तस्बिर

आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो।

काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए।

उनले वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समितिको रहेको बताए। उनले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको बताए।

सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरीएको उनको भनाइ छ। उनले खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको बताए। उनले २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने बताए।

उनले भने,‘वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उदेश्यले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न २०८० जेठ ५ देखि १५ गतेसम्म १० दिनका लागि आयोजनाको मेलम्ची सुरुङ बन्द गर्न लागिएको छ। उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षायाममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको छ। सोही बमोजिम काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका हेरफेर गरीएको छ। पानी वितरणमा हुने अवधिको अन्तर बढाइएको छ। खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको छ। २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दीगो र बाह्रै महिना कायम राख्ने प्रयास रहनेछ। आयोजनामा हुने निर्माण,जडान तथा सुधारका कार्यहरु गर्न केही दिनका लागि पानी पथान्तरण बन्द हुने अवस्थाबाट आम उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।’

प्रकाशित: १ जेष्ठ २०८० १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App