१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाइक दुर्घटनामा घाईते किशोरको मृत्यु

खोटाङ– राजधानी काठमाडौंबाट खोटाङ आउनेक्रममा बाइक दुर्घटनामा घाईते भएका किशोरको मृत्यु भएको छ। शनिबार दिक्तेल आउनेक्रममा नेपालथोकमा भएको दुर्घटनामा गम्भीर घाईते भएका खोटाङ रतन्छा–२ का २१ वर्षीय बिक्रम राईको उपचारकाक्रममा मृत्यु भएको हो। घाईते राईको धुलीखेल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको उनी कार्यरत शुभम फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए। बिक्रमसँगै बाईकमा सवार रोशन राई घाईते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ।

काठमाडौं शिक्षण सम्बन्धी तालिम लिएर फर्कनेक्रममा उनीहरु दुर्घटनामा परेका हुन्। सडकको घुम्तीमा अगाडिबाट आउँदै गरेको बोलेरो जीपलाई साईड दिनेक्रममा राईद्धय चढेको बाईक सडकबाट करिब ३० मिटर तल खसेको थियो। बिक्रम बाईकसँगै खसेपछि रोशन भने उछिट्टिएर सडकमै पछारिएका थिए। दुबै जना सैद्धान्तिक तथा व्यवहारिक शिक्षाका क्षेत्रमा काम गर्दै आएको शुभम फाउण्डेसन दिक्तेलमा शिक्षक हुन्। १२ कक्षा उत्तिर्ण मृतक राई ८ वर्षकै उमेरदेखि शुभमफाउण्डेसनमा कार्यरत थिए।

प्रकाशित: १४ फाल्गुन २०७३ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App