१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बैतडीमा लडेर एक जनाको मृत्यु

बैतडी- बैतडीमा  लडेर एक जनाको ज्यान गएको छ। न्वाली–६ सल्सेनाका ४५ बर्षीय करनसिंह कार्कीको सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकामदिरा सेवन गरी गोकुलेश्वरबाट घर फर्किरहेका बेला बाटोबाट झण्डै ३० मिटर तल खसेर गम्भीर घाइते भएका कार्कीको उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

 

प्रकाशित: ७ फाल्गुन २०७३ ०९:०६ शनिबार

बैतडीमा लडेर जनाको मृत्यु