काठमाडौं- सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईसहित अन्य दुई अतिरिक्त महानिरीक्षकले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका छन्। राईसँगै अतिरिक्त महानिरीक्षकद्वय डा. कृष्णकुमार तामाङ र जितबहादुर पुनले पनि अवकाश पाएका हुन्। महानिरीक्षक राई र नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठबीच सोमबार बरबुझारथसमेत भएको छ।
नवनियुक्त महानिरीक्षक श्रेष्ठले अवकाश पाउने तीनैजनालाई बिदाइ गरे।
महानिरीक्षक राईले आफ्नो कार्यकाल सफल बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकलगायत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारी एवं गृह मन्त्रालय तथा नागरिक समाजप्रति आभार प्रकट गरेका छन्।
प्रकाशित: ३ फाल्गुन २०७३ ०३:२३ मंगलबार