७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लुम्बिनीको विकासमा सरकार गम्भिर छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध जन्मस्थल लुम्बिनीका सम्भावनाहरु असीमित रहेको बताएका छन्।

२५६७ औं बुद्ध जयन्ती मुल समारोहलाइ शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तीनै असीमित सम्भावनाहरुलाइ उजागर गर्दै सरकारले लुम्बिनीको विकासका लागि नयाँ योजनाका साथ काम गर्ने बताएका हुन्।  

लुम्बिनी,कपिलबस्तु,देवदह र रामग्राामलाइ समेटेर बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्न  सरकार तत्पर रहेको उनले बताए। ‘लुम्बिनी संगै कपिलबस्तु,नवलपरासी र देवदहमा रहेका ऐतिहासिक,पुरातात्विक,पर्यटकीय महत्वका बौद्ध सम्पदाहरुको संरक्षण र दिगो विकासकालागि बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न सरकार तत्पर छ’ प्रधानमन्त्री दाहालले भने।

प्राचिन कपिलबस्तुको राजधानी शहर कपिलबस्तुको तिलौराकोट क्षेत्रलाइ विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने कार्यलाइ राष्ट्रिय प्राथमिकतामा राखीएको जानकारी दिए। लुम्बिनीमा भएका सम्भवनाहरुको उपयोग गर्न सके त्यसले समग्र मुलुकको समृद्धिमा नयाँ आयाम थप्ने भन्दै उनले लुम्बिनीको विकासमा सरकारले विशेष ध्यान दिने बताएका हुन्।  

क्रान्ती र शान्ति एक अर्काका परी पुरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धबाट शान्ति प्रक्रियामा आउदा आफू बुद्ध दर्शनबाट प्रभावित भएको स्मरण गरे। बुद्धका शिक्षा र दर्शनलाइ आत्मसात गर्दा देश र जनताको सार्वभौम हितका निम्ती काम गर्न प्रेरणा मिल्ने बताए। विश्व शान्ति,अहिंसा,सहअस्तित्व र बन्धुत्वको भावना जागृत गराउने बुद्धका उपदेश र दर्शनको महत्व झन बढेर गएको प्रधानमन्त्री दाहालले बताए।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी गुरुयोजना पुरा गर्न विशेष प्राथमिकता दिइएको बताए। लुम्बिनीलाइ धार्मीक, सांस्कृतिक  र पर्यटककीय केन्द्रको रुपमा विकास गरीने बताए। लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानहरु थप गर्न पहल भइरहेको भन्दै मन्त्री किरातीले जेठ १६ गतेदखि नेपाल वायुसेवा निगमका जहाजले भैरहवाबट उडान गर्ने जानकारी दिए।  

प्रकाशित: २२ वैशाख २०८० १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App