१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अघि बढेन रोकिएका सम्पदा पुनर्निर्माण

ललितपुर- ठेकेदारको लापरबाही र बिनातयारी काम थाल्दा रोकिएका उपत्यकाका ऐतिहासिक सम्पदा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। अघिल्लो वर्षको भूकम्पले क्षति पुगेका ललितपुर बुङमतीस्थित रातो मच्छिन्›नाथ र मनकामना, पाटन मंगलबजारस्थित भाइदेग, काठमाडौं दरबार क्षेत्रस्थित त्रैलोक्य मोहन, थापाथलीस्थित जंगे हिरण्य मन्दिर लगायत सम्पदाको पुनर्निर्माण अहिले रोकिएको छ। काठको अभाव, आवश्यक रकम नजुट्नु, प्राविधिक अध्ययन नहुनु, ठेकेदार कम्पनीले मौलिकतालाई ध्यान नदिनु लगायत कारणले यी सम्पदा पुनर्निर्माण रोकिएको हो।

पुरातŒव विभाग प्रवक्ता रामबहादुर कुँवरले पूर्वतयारी नहुनु र ठेकेदार कम्पनीको लापरबाहीकै कारण सम्पदा पुनर्निर्माण बीचमै रोकिएको स्विकारे।

सम्पदा पुनर्निर्माण गर्दा ठेकेदार कम्पनीलाई पुरातŒव विभागले मौलिकतालाई ध्यान दिन आग्रह गरे पनि ठेकेदार कम्पनीले लापरबाही गरेका कारण पुनर्निर्माण थालिएका सम्पदाको काम रोकिएको उनले बताए। 'हामीले सम्पदाको परम्परा र मौलिकतालाई केन्द्रमा राखेर पुनर्निर्माण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छौँ,' उनले भने, 'तर ठेकदार कम्पनी र निर्माणको जिम्मा पाएका निकायले हेलचेक्र्याइँ गरेका छन्।'

उनले त्रैलोक्य मोहन मन्दिरलाई कसरी निर्माण गर्ने भन्नेबारे स्थानीयसँग छलफल भएका कारण रोकिएको जानकारी दिए।

सम्पदा पुनर्निर्माण गर्ने क्रममा मौलिक परम्परागत विधिलाई नअपनाएका कारण पुरातŒव विभागले बीचमै पुनर्निर्माण रोकेको उनको भनाइ छ।

किन रोकियो पुनर्निर्माण?

बुङमतीस्थित मच्छिन्›नाथको गत साउनमा पुनर्निर्माण सुरु भएको थियो। मन्दिरको जगमा माआप्पा (मा अर्थात् आमा र आप्पा अर्थात् इँटा जसलाई सबैभन्दा बलियो इँटा मानिन्छ) राख्नुपर्नेमा कमसल इँटा राखेको पाइयो। जगमा पर्खाल लगाउँदा 'ग्याप' नराखेपछि स्थानीयले विरोध गरे। अहिले निर्माण कार्य रोकिएको छ।

त्रैलोक्य मोहन मन्दिरको दुई महिनाअघि पुनर्निर्माण थालिएको थियो। पुनर्निर्माण थाल्नुअघि परम्पराअनुसार क्षमापूजा नगरेका कारण स्थानीयलेे अवरोध गरे।

भाइदेगको पुनर्निर्माण गर्दा पनि पुरानो शैलीलाई ख्याल नगरेको भेटाएपछि दुई महिनाअघि पुनर्निर्माणको जिम्मा पाएको सांस्कृतिक सम्पदा संरक्षण समूहलाई पुरातŒव विभागले काम रोक्न निर्देशन दिएको थियो। समूहका सचिव रोहित रञ्जितकारले पाटन दरबार क्षेत्रका सबै मठमन्दिर प्यागोडा शैलीमा बनेकाले भाइदेगको भित्री भाग  कसरी बनाउने भन्नेबारे अध्ययन भइरहेको बताए। 'भाइदेगको उत्तर कुनामा मुगल शैलीमा बनेको गुम्बज छ, गुम्बज कसरी बनाउने भनेर अहिले अध्ययन थालेका छौँ,' उनले भने।

त्यस्तै, मन्दिर पुनर्निर्माणका लागि चाहिने आवश्यक काठ नपुगेका कारण जंगे हिरण्य पुनर्निर्माण रोकिएको छ। प्रवक्ता कुँवरले तराईबाट काठ ल्याउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार काठ आएपछि मात्र काम थालिने छ।

बीचमै पुनर्निर्माण रोकिएको मन्दिरमध्ये पर्छ, बुङमतीकै मनकामना मन्दिर। पहिला ठेक्का लिएको ठेकेदार कम्पनीले अर्कैलाई ठेक्का दिएको भन्दै स्थानीयले विरोध गरेका कारण पुनर्निर्माण रोकिएको छ। एक करोड ७८ लाख रुपैयाँमा दुई वर्षभित्र सक्ने गरी गत साउनमा मन्दिरको पुनर्निर्माण थालिएको थियो। मनकामना मन्दिर पुनर्निर्माण कार्यक्रमकी पुरातŒव अधिकृत सुनिता न्यौपानेले ठेकेदार कम्पनीले कुनै गल्ती नगरेको दाबी गरिन्। 'बरु मन्दिर पुनर्निर्माणका लागि अहिले काठ पाउन कठिन भएको छ,' उनले भनिन्, 'ठेकेदार कम्पनीले अनियमितता नगरोस् भनेर अनुगमन गरिहेका छौँ।'

सम्पदा निर्माणका लागि आवश्यक सामाग्रीको जोहो गर्न नसक्नु, ठेकेदारले सम्पदाको मौलिकतालाई ध्यानमा नराख्नुले यस्ता समस्या आएको पुरातŒवविद् सुदर्शन तिवारी बताउँछन्।

'ऐतिहासिक महŒवलाई बेवास्ता गर्नु र सम्पदा पुनर्निर्माण गर्नका लागि आवश्यक सामान पहिल्यै नजुटाएका कारण यस्तो समस्या आएको हो,' तिवारीले भने, 'यसमा पुरातŒव विभाग र ठेकेदार कम्पनी दुवैको कमजोरी छ।'

यस्तै, सम्पदा निर्माण सामग्रीमा पनि ठेकेदारले ध्यान दिएको पाइँदैन। सयौँ वर्ष पुराना सम्पदा पुनर्निर्माणमा पुरातात्विक सामग्री (बज्र, चुन, सुर्की) प्रयोग गर्नुपर्छ भने पहिलेकै शैली हुनुपर्ने परातŒवविद् तिवारीको भनाइ छ।

संरचना कमजोर हुने र ऐतिहासिक एवं मौलिकता घट्ने भन्दै स्थानीय र सम्पदा विज्ञ स्थानीय ठेकेदार प्रथाको विरोधमा छन्।

विज्ञ टोली

स्थानीयको माग र ऐतिहासिक सम्पदाको मौलिक महŒवलाई मध्यनजर गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणमा विकल्प खोज्न विज्ञ टोली गठन गरेको छ। 'पुनर्निर्माणबारे एक साताभित्र प्रतिवेदन तयार पाछर्ौं,' प्राधिकरण प्रवक्ता यमलाल भुसालले भने। उनका अनुसार सम्पदा पुनर्निर्माणमा परम्परागत सीप भएका व्यक्तिलाई मात्र प्रयोग गरिनेछ।

प्रकाशित: २५ माघ २०७३ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App