४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

सर्लाही- नागरिककर्मी सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मान पत्र र नगद १० हजारसहित पुरस्कृत गरेको हो। 

सर्लाहीमा क्रियाशिल पत्रकारहरुमध्ये पुरस्कार छनौट समितिले सिंहलाई पुरस्कारका लागि नाम सिफरिस गरेको थियो। सर्लाहीका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले सिंहलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

यता पुरस्कृत सिंहले पुरस्कारबापत प्राप्त नगद १० हजार रुपैयाँ मुसहर बालबालिकाको शिक्षाका लागि खर्च गर्ने घोषणा गरेका छन्। विद्यालय जान नसकेका सर्लाही वीरगञ्ज-४ गढाटोल मुसहर बस्तीका ५५ जना बालबालिकाको अध्ययनका लागि पुरकारबाट प्रप्त नगद १० हजार खर्च गर्ने सिंहले बताए।

प्रकाशित: २४ माघ २०७३ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App