४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विहे गरेकाे २६ वर्षमा १२ सन्तान!

बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जन बढी वस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला। आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै। यो अव्यवस्थित दृश्य हो, खप्तड छान्ना गाउँपालिका-७ गोरखाली खानडाँडाको।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ। बस्तीभन्दा टाढा भए पनि खन्दै ससानो बारी (जमिन) जोडेका रहेछन्।

बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जन बढी वस्तुभाउ अटाउने गोठ।

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरुवाती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए।

 लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो। बालबालिका शिक्षाबाट वञ्चित भए। हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे।

२६ वर्षमा १२ सन्तानलाई जन्म

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो। केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले २०५४ सालमा बिहे गरे। अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो। यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेकी छिन्।

खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष २०५५ सालमै जन्मियो। तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती।

अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो। दोस्रो पनि तीन/चार महिनाको बीचमै गुम्यो।

तेस्रो, चौथो हुँदै सातौंसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे।

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो। केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले २०५४ सालमा बिहे गरे। अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो। यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेकी छिन्।

‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झिन्छन्,‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौं।’

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए। त्यो बीचमा फेरि आठौं सन्तानको रूपमा छोरीको जन्म भयो। छोरी जन्मेको एक सातामै उनीहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए। पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो।

पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले। गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो। भिट्टुले छोरा जन्मिएको खुसीयालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाए।

‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झिन्छन्,‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौं।’

सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो। त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाए। जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन्।

रिरा खड्का भिट्टुकी माइली छोरी हुन्। उनको उमेर १४ वर्ष भयो। अहिले उनी ३ कक्षामा पढ्छन्। कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन्। नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन।

यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन्।

‘सबैका छोराछोरी पढ्न जान्छन्। आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ। तर, लुगाकपडा त के, कापी कलम समेत किन्नलाई पैसा हुँदैन।’

उनी बोल्न नसकी भक्कानिन्छन्। आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए। ‘हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो।’ उनले भने।

अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए।

उनले भने, ‘विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ। तर, मसँग सुक्को पैसा छैन। गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौं। कताबाट नयाँ पोसाक पाउनु!’

घर जलेर पीडामाथि पीडा

‘डाँडामा भएको घर। निभाउन माटो मात्रै विकल्प थियो, पानीको हाहाकार। पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्थ्याे। दुई/चार नजिकका छिमेकीले ससाना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो।’ खड्का सम्झिन्छन्।

खड्काको गोठमा तीन बाख्रा थिए। घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए।

बेलुले भनिन्, ‘हामी बेहोस भइसकेका थियौं। गाउँले आएर आगो फैलन दिएनन्। माटोले निभाएछन्। पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ।’

डाँडामा भएको घर। निभाउन माटो मात्रै विकल्प थियो, पानीको हाहाकार। पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्थ्याे।

पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो। ‘त्यो पनि ढिला भइसकेको रहेछ।’ उनले भने।

घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाए।

‘बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौं, बेलु भन्छिन्,‘भरखर किनेका चार/पाँच ब्लांकेट, सबै जनाका एकएक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए।’

त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताए।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो। आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे। त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए।

‘कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौं। केही किन्न नसक्ने अवस्था भएपछि गाउँगाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौं।’ उनले भने।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो। आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनले बताए। ‘गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाइ छ’, उनले भने, ‘हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानु हुँदैन भन्नुहुन्छ। तर, के गर्नु, पापी पेट मान्दैन। उनीहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौं। त्यसले पनि हप्तौं दिन छाक टर्छ।’

ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो सात हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टुले। उनको घरबाट पालिका पुग्न झन्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ। राहतका लागि उनी दसौं पटक पालिका पुगे।

भिट्टु भन्छन्, ‘घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन। तर, पटक-पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो।’

त्यो बीचमा भिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो।

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टुले।

‘तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भने, ‘उहाँ सम्झनुहुन्छ, ‘त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ। तर,राहत पाउने कहिले हो कहिले भयो?’

पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे। ‘धेरैपछि उनले राहत ल्याउनुभयो सात हजार रूपैयाँ। त्यसबाट दुई हजार रुपैयाँ शिक्षकलाई नै दौडधूप गरेको भनेर भिट्टु खर्च दिए। बाँकी पाँच हजार रुपैयाँ राहत घरमा पुग्यो।’ उनी भन्छन्।

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन्।

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु। ‘त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन्। पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ।’ उनले भने।

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन्।

राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँन्छन्। ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्न लगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले बताए।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए। खानडाँडामा उनले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ। त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन। ‘डाँडामा पानी छैन, मल पनि हुँदैन। अनि के उत्पादन हुन्थ्यो र? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ।’ उनी भन्छन्।

अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरु छन्। ‘गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,’ भिट्टु भन्छन्, ‘खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैं पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन्। म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु।’

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए। खानडाँडामा उनले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ। त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन।

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन्।

‘घरमा गोरु हेर्ने मान्छे छैन भन्नुहुन्छ, ‘छोराछोरी स्कुल जान्छन रे। त्यो समस्या देखाएर गाई गोरु सिधै यतै लिएर आउँछन्।

कहिलेकाहीं चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि ‘हुँदैन’ भन्न सकिंदैन। पालिरहेको छु।’ उनले भने। गोरु मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए।

प्रकाशित: १५ वैशाख २०८० ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App