७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तत्कालीन माओवादीले भत्काएको भवन प्रहरीले बनाए

प्रहरी चौकी भवन उदघाटन गर्दै डिआइजी पशुपति उपाध्याय। तस्बिरः मदन ठाकुर

रौतहट– द्वन्द्वकालमा माओवादीले भत्काएको प्रहरी चौकीको भवन नवनिर्माण पछि मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्यायले उद्धघाटन गरेका छन्।

रौतहटको कनकपुर गाविसको हरिनगर पोखरभिण्डास्थित प्रहरी चौकी भवनको उदघाटन गर्दै डिआईजी उपाध्यायले अपाङ्ग तथा महिलामैत्री भवनबाट सर्वसाधरणले सुलभ किसिमले सुविधा पाउने आशा व्यक्त गरे।

तत्कालीन माओवादीहरुले द्वन्द्वकालमा देशभरीका ७ सय ६८ वटा प्रहरी इकाइहरु ध्वस्त वनाएको थियो। ती मध्ये मध्यमाञ्चल क्षेत्रभरीका जिल्लाहरुमा दर्जनौं प्रहरी इकाइहरुको भौतिक संरचना क्षतीग्रस्त भएको थियो। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाहरुमा चालु आर्थिक वर्षभित्र १३ वटा प्रहरी इकाइको निर्माण कार्य पूरा गरिने बताइएको छ।नवनिर्मित प्रहरी भवनको बुधवार एक समारोहका बीच उदघाटन गर्दै डिआइजी उपाध्यायले द्वन्द्वकालमा ध्वस्त भएका प्रहरी भवनको अभावमा सुरक्षा दिन त्यस भेगमा निकै अप्ठ्यारो भइरहेकोले शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको सम्झौता भई प्रहरी इकाई पुनःनिर्माण योजना प्रथम चरणअन्तर्गत धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको बताए।

शान्ति, सत्य सुरक्षाप्रति कत्र्तव्यनिष्ठ रहेका प्रहरी जवानलाई बस्न समुचित व्यवस्थापन नहुँदा आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कठिनाई भइरहेको अवस्थामा भवन निर्माण हुँदा यस भेगको बासिन्दाहरुलाई प्रत्यक्ष रुपमा सेवा दिन डिआजी उपाध्यायले निर्देशन दिए।

मानवीय सेवामा सँधै समर्पित रहेका प्रहरीहरु सबै खराब छैन कोही व्यक्ति खराब आचरणका भएकोमा त्यसविरुद्ध कारवाही गर्न तयार रहेको बताउँदै डिआइजी उपाध्यायले प्रहरीको कामकर्तव्य तथा अनुसन्धान कार्यमा सहयोग पुर्याएमा समाजबाट हरेक किसिमको अपराधलाई नियन्त्रण गर्न सकिने बताए।

सोही परियोजनाद्वारा २०७१ साल फागुन १० गते कन्काई इन्जिनियरिंग विल्डर्स सुरुङ्गा झापाका अरविन्द जयसवालले १ करोड १८ लाख ८० हजारमा ठेक्का सकार गरी प्रहरी भवन निर्माण गरेको तथा त्यस भवनमा अपांग र महिला मैत्री बनाइएको योजनाका प्रमुख इन्जिनियर डिएसपी रामकुमार चैधरीले बताए। इन्जिनियर चौधरीकाअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटको भवन बनाउन एक करोड ६० लाख रुपैयाँ मधेश आन्दोलनका कारण जिल्ला दररेट पारित नहुँदा बजेट प्रहरी प्रधान कार्यालयमा फिर्ता भएको बताए। मध्ये क्षेत्रका आठ जिल्लाहरुमा करिब बिस करोड साठी लाखको लागतमा १३ वटा प्रहरी इकाइको निर्माण भइरहेको जानकारी दिए।

गाउँमा अढाइ तल्ले प्रहरी चौकीको भवन निर्माण भएपछि गाउँलेहरु खुशी भएको र शान्ति सुरक्षाको अमन चयनसमेत पाउने भएको स्थानीय कुमार चौलागाईंले बताए।

 

प्रकाशित: १९ माघ २०७३ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App