५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ओलीलाई कालोझण्डा देखाउने ९ जना पक्राउ

ओलीको विरोधमा इलाम बजारमा भएको प्रदर्शन।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई इलाम चोक बजारमा कालोझण्डा देखाउनेलाई प्रहरीले पक्रेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार युवा संघका कार्यकर्ता र प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरू पक्राउ परेका हुन्।

प्रदर्शनकारीले प्रदेशको नाम ‘कोशी’ भएकोमा विरोध जनाउँदै ओलीसहित उनीसँगै आएका इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका अघि प्रदर्शन गरेका हुन्।

उनीहरूले इलाम बजारमा प्रदर्शन गरेका थिए। पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ। 

प्रकाशित: १४ वैशाख २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App