११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

रसुवा- उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो।

फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ ।

अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्र्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरी प्रमुख प्रसाईंले बताए।

यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ। रासस

 

प्रकाशित: १२ माघ २०७३ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App