२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।  

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले व्यक्ति,संघसंस्था तथा समुदायहरुले पात्रो प्रकाशनपूर्व नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनिवार्य स्वीकृति लिनुपर्ने बताइन्।

सार्वजनिक बिदा उल्लेख गर्दा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसारको बिदा सूची उल्लेख गरी पात्रो प्रकाशन गर्न समेत उनले आवहन गरेकी छिन्। पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएको र नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसारको बिदा सूची उल्लेख नभएको पात्रो प्रयोगमा नल्याई नष्ट गर्न समेत प्रकाशन कार्यालयले आग्रह गरेको छ। रीतपूर्वकको प्रकृया पूरा नगरी पात्रो प्रकाशन भएको भेटिएमा प्रचलित कानुन अनुसार कारवाही हुने समेत प्रशासन कार्यालयले जनाएको छ।  

प्रकाशित: ८ वैशाख २०८० ०८:१६ शुक्रबार

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ पञ्चाङ्ग निर्णायक समिति