१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिमपातले यात्रा जोखिममा

जगत खडका

बझाङ- लगातार चार दिनसम्म हिमपात हुँदा बझाङस्थित जय पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ। हिमपातपछि श्रीभावर दुदिला खान, मुसियाखान, बजपानीलगायतका ठाउँमा सडकमा हिउँ जम्दा यातायात अवरुद्ध भएको हो। हिमपातका कारण गाडी फस्दा यात्रुले दुःख पाएका छन् ।

'गर्मीको सयमयमा गाडीमा यात्रा गर्दा आनन्द लिने ठाउँमा अहिले हिउँ जमेर निकै डरलाग्दो अबस्था भएको रहेछ कति खेर गाडि चिप्लिन्छ र अकालमै ज्यान जान्छ भन्ने डरमात्र हुने', उक्त बाटोमा यात्रा गरेका पत्रकार ललित सिंहले भने।

उनले थपे, 'हिउँले पूरै सडक सेताम्मे देखिन्छ। सडकभरि डरलाग्दो अवस्था छ। सडक विभागले हिउँ पन्छाउन ध्यान नदिँदा कतिखेर यातायातका साधन दुघर्टनामा पर्छन् र अकालमै मान्छेले ज्यान गुमाउँछन्, भन्नै सकिँदैन।'

इन्सेकका जिल्ला प्रतिनिधि प्रकास विकले हिमपातका कारण यात्रा निकै जोखिमपूर्ण भएको बताए। उनले भने चिसो बढेपछि चालकले मादक पदार्थ पिउने र गाडी चलाउने भएकाले दुर्घटनाको खतरा पनि बढ्ने बताए। राजमार्गमा चेकजाँच नहुने भएकाले चालकको मनपरी रहेको उनको भनाइ छ।

'पानी परेकै छैन। चार दिनदेखि लगातार हिउँ  परेको छ। राजमार्गमा हिउँ जमेपछि यात्रुले निकै जोखिम मोल्नुपरेको छ', श्रीभावरका होटल व्यवसायी करन  चन्दले भने। उनले हिउँ हटाउन सडक विभागले डोजर नपठाएको बताए। यातायात व्यवसायी करन भण्डारीले सडकमा करिब तीन फुट हिउँ जमेको बताए।

प्रकाशित: ६ माघ २०७३ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App