६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मिटर ब्याज पीडित भन्छन्: प्रहरीले घाइतेलाई अस्पताल लागेन,उल्टै दिनभर प्रहरी चौकी घुमायो

सोमबार रत्नपार्कको शान्तिवाटिकामा प्रहरी र मिटर ब्याज पीडितबीच झडप भयो। मिटर ब्याज पीडितहरुको शान्तिवाटिका हुँदै भद्रकालीसम्म शान्तिपूर्ण धर्ना दिने  पूर्वनिर्धारित कार्यक्रम थियो तर  प्रहरीले मिटर ब्याज पीडितहरुलाई हिड्नै रोकेपछि झडप भएको थियो।

मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष शिवशंकर महत्तो आफूहरुले गृह मन्त्रालयलाई शान्तिपुर्ण आन्दोलन गर्ने पहिले जानकारी गराएपनि प्रहरीले आन्दोलनस्थलबाट बाहिरै निस्कन नदिएको बताउँछन्।

उनले भने,  ‘शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी गृह मन्त्रालयललाई पहिले नै गराएका थियौं। प्रहरीले आन्दोलनस्थलबाट बाहिर निस्कन नदिएपछि आक्रोश पोखेका हौं।,ʼ

उनका अनुसार प्रहरीको आक्रमणमा परि दुई जना मिटर ब्याज पीडितको हात भाचिएको छ भने एक दर्जन बढीको टाउकोमा चोट लागेको छ। त्यस्तै ३ दर्जन बढी मिटर ब्याज पीडितलाई गिरफ्तार गरेको पनि उनले बताए।  

प्रकाशित: ५ वैशाख २०८० ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App