६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रौतटहमा एक युवकको घाँटी रेटी हत्या

रौतहट– एक युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। रौतहटको  करुनिया वडा नम्बर २ का ३५ वर्षीय अभिनन्दन साहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शुक्रबार साँझ शव फेला परेको हो।

दुई दिनदेखि बेपत्ता युवक साहको करुनिया– ६ मा रहेको सिसौघारीमा धारिलो हतियारले घाँटी रेटेर फालिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना बारे थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक्षक केशव रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना स्थललाई घेरा हालेको छ। घटनालाई विस्तृत अध्यन गर्न प्रहरीले भोलि उज्जायो भएपछि शवको मुचुल्का उठाउने घटना स्थलवाट प्रहरी निरीक्षक रेग्मीले बताएका छन्।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कसैलाई नसमाते पनि विभिन्न सुत्रमार्फत दोषि पत्ता लगाउने काम गरिरहेको छ। शवको प्रकृति हेर्दा शुक्रबार बिहान धारिलो हतियारले घाँटी रेटेको जस्तो देखिएको प्रहरी निरीक्षक रेग्मीले बताए।

प्रकाशित: २२ पुस २०७३ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App