१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

घरमा आगलागी हुँदा जलेर ८३ वर्षिय वृद्धको मृत्यु

गुल्मीको मदानेमा आगोमा जलेर ८३ वर्षिय वृद्धको ज्यान गएको छ।  घरमा आगलागी हुँदा जिल्लाको मदाने गाउँपालिका ६, देउरालीका  ज्ञान बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।  

घरमा एक्लै रहेका घर्तीको आगो ताप्ने क्रममा घरमा आगलागी भएको र बाहिर निस्कन नसक्दा जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीको अनुमान छ। बिहिवार राती ११ बजे घरमा आगलागि भएको र प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नविन प्रधानले जानकारी दिए।  

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७९ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App