१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गरी अभियुक्त फरार

दार्चुला– दत्तु गाविस– ७ दत्तु घाटबजारमा  अस्थाई टहरामा बस्दै आएको एक परिवारमा श्रीमानले श्रीमतीको हत्या गरी फरार भएका छन्। दुई दम्पत्तिबीच मंगलबार झगडा भएपछि  श्रीमानको अधिक कुटाईबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भगवती गाविस– ७ स्थाई ठेगाना भएकी २७ वर्षीया सोना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बिहानै मृत्तक धामीका श्रीमान् घुत्तीसिंह धामीको कुटाईबाट सोनाको मृत्यु भएको प्रहरीले जनाएको छ। राती घरमा  पत्निलाई घरेलु हतियार प्रहार गरी हत्या गरी फरार भएको र  उनको टाउकोमा चोट लागेको छ, भने हात भाँचिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

‘हत्या गरिएको शव घरभन्दा तल झाडीमा फालिएको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘हत्यापछि अभियुक्त श्रीमान फरार छन्। घरमा रहेका छोराछोरीलाई घरभित्र थुनेर उनी फरार भएका हुन्।

उनका जेठा छोरा १३ वर्षीय टाकेश धामीका अनुसार घटनाबारे कसैलाई जानकारी दिए बाबुले आफूलाई मारिदिने धम्की दिएको बताए। ‘बुवाले रक्सी सेवन गरी राति अबेर घरमा आए र आउनेबित्तिकै आमासँग झगडा भयो,’ उनले  भने, ‘बुवा आमालाई लगातार कुटपिट गर्दै  थिए त्यसै क्रममा अबेर राति दुवै जना बाहिर गए र कसैलाई बाहिर नआउन भने।’ बाहिर आए बुबाले मारिदिन्छु भनेपछि आफूभित्रै बसेकोे ढिलो गरी गाउँकाहरुलाई खबर भयो। प्रहरीले हत्यामा संग्लन रहेको धामीको खोजी गरिरहेको छ।

प्रकाशित: १२ पुस २०७३ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App