३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मिटरब्याजीहरुलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन्।

उनले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन। डा.पौड्यालले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन्। त्यसैगरी उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। 

उनले भनिन, ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरूलाई। खुलामञ्च काठमाडौँको मात्रै पेवा रहेछ। मधेसबाट आउने मधेसी महिलाहरूले त्यहाँ खुट्टा टेक्न नपाउने। कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ। कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुप¥यो। मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन। अर्थतन्त्रले नि चिन्दैन। कानुनले पनि चिन्दैन। नचिन्ने मिटरब्याजी कहाँबाट आयो? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ? मलाई थाहा छैन। कानून छैन भने ल्याउनु¥यो। तुरुन्तै ल्याउनुपर्‍ यो। हिजो हामी जाँदा त्यहाँका महिलाहरूले के भन्नुभयो भने नि, उहाँहरू दलका कार्यकर्ता हुन्, दलका नेताहरू हुन्, उहाँहरूले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ? प्रश्न त्यो हो। दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ? दलहरूले बोल्नुपर्‍ यो। सबै राजनीतिक दलहरूलाई चुनौती हो यो। सबै राजनीतिक दलहरूले आफ्ना दलबाट त्यस्ता कामहरू भएका छन् भने, आफूले संरक्षण गरेका आफ्ना भोटरबाट आफ्ना समर्थकबाट भएका छन् भने त्यो हुन दिनुभएन। त्यो काम राजनीतिक दलहरूले गर्नुपर्‍ यो।’ 

डा. पौड्यालले मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतनाको कमी भएको बताइन्।

प्रकाशित: १६ चैत्र २०७९ ०८:३१ बिहीबार

मिटरब्याजी राष्ट्रिय सभा सदस्य डा. विमलाराई पौड्याल