१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

अस्ट्रेलियालीद्वारा विद्यालयलाई छ लाख सहयोग

म्याग्दी- भगवती–४ रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट रु छ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

अस्ट्रेलियामा बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई रु छ लाख १० हजार सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले आज विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका प्रअ मनबहादुर पुर्जालाई सहयोगदाता मल्लले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। विद्यालयलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ ।

त्यस्तै उनीहरुले स्थानीय चौतारी आमा समूहलाई रु १० हजार सहयोग गरेका छन् । कार्यक्रममा सहयोगदातालाई अभिनन्दन गरिएको थियो । उक्त अवसरमा विद्यालयमा नवनिर्मित दुईकोठे भवनको समेत उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको रु सात लाख ५० हजार सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु १५ लाख ६२ हजारको लागतमा निर्मित भवनको मुक्तिधाम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले उद्घाटन गरेका हुन्।

कार्यक्रममा विद्यालयका प्रअ पुर्जाले आफ्ना स्वर्गीय बुबा तानवीरको स्मृतिमा विद्यालयलाई रु १० हजार एक सय पाँच र गर्वुजाले स्व बाजे पुनिराम, बजै बिखमा र आमा धनमायाको स्मृतिमा रु पाँच हजार पाँच सय ५५ सहयोग प्रदान गरेका थिए। रासस

प्रकाशित: २० मंसिर २०७३ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App