१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिप्रका सप्तरीमा बम राख्ने पक्राउ

राजविराज-जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार सप्तरीको मलेठ–५ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। सो बम काण्डमा उनीहरुको संलग्नता रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक साता अगाडि जिल्ला प्रशासन कार्यालय अगाडि तीन लिटरको प्रेसर कुकर बम फेला परेको थियो । सो बम जयकृष्ण गोइत नेतृवको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको जनाएको थियो। रासस

प्रकाशित: १९ मंसिर २०७३ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App