१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

रोल्पा—संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आधा दिन जिल्ला बन्द गरेका छन्। 

यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन्। 

सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका छन्। रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने बताए। 
 

आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ । रासस

प्रकाशित: १३ मंसिर २०७३ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App