१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी यादवमाथि आक्रमण

लहान-  नागरिककर्मी मिथिलेश यादवमाथि आक्रमण भएको छ। लहान स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृह प्रालिमा विरामीपक्षसंग चर्को मूल्य असुल गरेको भन्दै विरामी पक्षले बोलाएपछि रिपोर्टिङमा गएका लहान स्थित नागरिकन्युजकर्मी यादवमाथि अस्पताल पक्षबाट अक्रामण गरेको हो।

                विरामी पक्षको गुनसो बुझेर अस्पताल संस्थापकसंग जानकारी लिइँरहा अस्पतालका कर्मचारी धनन्जय यादव आएर नागरिकर्मीको मोबाईल फोन(आईफोन फाईब एस) भुँईमा बजारेर फुटाइदिएका थिए।  

                अस्पताल स्थापकसँग विरामीको गुनसो र अस्पतालले गर्न पाउने उपचार ईजाजतबारे जानकारी लिईरहँदा फोनमा अडियो रेकर्ड अन थियो। अस्पतालका संस्थापक मनोज साह र डा. दिलिप कुमारले कर्मचारी लगाएर आक्रमण गर्न लगाए पछि विरामीपक्षले नागरिककर्मी यादवलाई जोगाएका थिए।

               

 

प्रकाशित: ६ मंसिर २०७३ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App