१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सवारी साधन नचल्दा जुम्लाका यात्रुलाई सास्ती

जुम्ला– छोटो दूरीमा आवातजावत गर्ने यहाँका यात्रुलाई यात्रा गर्न निकै सास्ती भएको छ । विगत डेढ महिनादेखि जुम्ला सदरमुकामदेखि कालीकोट नाग्मगाड र सिंजा क्षेत्रमा आवजतजावत गर्ने यात्रुलाई नियमित सबारी साधान नचल्दा यस्तो हैरानी भएको हो ।

नाग्मसम्म जान ३२ किलोमिटर र सिंजाको मालिकाबोतासम्म झन्डै ५२ किमी दूरी छ, तर नियमित सवारी साधन नचल्नाले घन्टौँ हिँड्नुपरेको मालिकावोता गाविस निवासी शेरबहादुर रावत गुनासो गर्छन्।
लामो दूरीका गाडी पनि सहजै पाउने नगरेको कुडारी–५ का धीरबहादुर सिंह बताउनुहुन्छ । सुर्खेत, नेपालगन्ज र काठमाडौँ जान एक हप्ताअघि टिकट लिएपनि अझैसम्म जान नपाइएको उनको भनाइ छ ।

जुम्लामा कर्णाली यातायातसहित चन्दननाथ यातायात प्रालिले पनि यसअघि ठूलै कसरत गरेर सवारी साधान सञ्चालनका लागि इजाजत लिएका थिए । सात महिनाअघि यो बाटोमा आफ्ना गाडी चल्न पाउनुपर्छ भन्दै तँछाडमछाड गर्ने दुवै संस्थाका सवारी साधान अहिले सडकमा नभेटिने गरेको घोडेमहादेव गाविसका धनबहादुर रोकाया बताउँछन्। दिनमा एक÷दुई मात्र चल्ने बसमा यात्रुको ठेलाठेल हुँदा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र बालबालिकालाई गाह्रो हुने गरेको उनको दुखेसो छ ।

कर्णाली यातायात व्यवसायी सङ्घका अध्यक्ष मीनबहादुर थापा प्रशासनको कमजोरीका कारण यस्तो समस्या भएको आरोप लगाउनुहुन्छ । चन्दननाथ यातायात प्रालिले ढाड सेक्नेरी भाडा लिने र जहाँ बढी भाडा पाइन्छ, त्यही चलाउने गरेकाले समस्या भएको उनको भनाइ छ ।

अध्यक्ष थापा भन्छन्– “गो कर्णाली यातायातले नेपालगन्जका लागि बढीमा रु एक हजार ५०० देखि रु एक हजार ८०० सम्म भाडा लिनुपर्नेमा रु दुई हजार ५०० लिँदा र रातो प्लेटका गाडीले यात्रु बोक्दा पनि प्रशासनले त्यसको नियमन गरेको छैन”

दैनिक पाँच÷छ सवारीसाधान चलाउने गरेको र भाडाका विषयमा जसले जे आरोप लगाए पनि पहिले कायम गरिएको साविककै भाडादरमा यात्रुलाई सेवा दिँदै आएको चन्दननाथ प्रालिका अध्यक्ष बखतबहादुर थापा बताउँछन् ।

मापदण्डभित्रको भाडादर कायम भए÷नभएको, मार्ग इजाजत र यात्रु अधिकारका विषयमा प्रशासनले हेर्ने गरेको तर रातो प्लेटका सवारी साधनले यात्रु बोकेकोबारे कतैबाट पनि गुनासो नआएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको भनाइ छ । रासस

प्रकाशित: ६ मंसिर २०७३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App