१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा मृत्यु

प्यूठान–ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बाग्दुलाबाट पुँजा–९ जादै गरेको रा १ च १८९७ नम्वरको ट्याक्टर दुर्घटनामा रजवारा–८ का करिव २२ वर्षीया सिता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट झण्डै ५० मिटर तल खसेको ट्याक्टर दुर्घटनामा परी सोही ठाउँकी १८ वर्षीया काली नेपाली घाइते भएकी छन। ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । खवाङ–३ देउरालीमा गएराति भएको दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित: ११ कार्तिक २०७३ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App