१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

फाइल तस्बिर

आइतबार काठमाडौंमा छिटपुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

प्रकाशित: १४ फाल्गुन २०७९ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App