१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

हेलिकप्टर नपुग्दा गर्भवतीको मृत्यु

ताप्लेजुङ- खराब मौसमका कारण हेलिकप्टर गन्तव्यमा पुग्न नसक्दा यहाँ एक गर्भवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ पापुङकी ४० वर्षीय पेमा शेर्पा छिन्। गर्भवती लिन आएको मनाङ एअरको हेलिकप्टर खराब मौसमका कारण गन्तव्यमा पुग्न नसक्दा उनको गएराति करिब १ बजे मृत्यु भएको मृतकका काका नुर्पु शेर्पाले बताए।

पेमालाई लिन आएको हेलिकप्टर हिजो दुई पटक पापुङमा अवतरण गराउने प्रयास भए पनि खराब मौसमका कारण अवतरण नहुँदा उनको समयमा उद्धार हुन नसकेको बताइएको छ।

पहिलो पटकको प्रयास विफल भएपछि हेलिकप्टर खोक्लिङमा अवतरण भएको थियो भने दोस्रो पटक पनि गन्तव्यमा अवतरण नहुँदा सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको प्राङ्गणमा राखिएको थियो। तर खराब मौसमकै कारण त्यहाँबाट पनि बिहान उडान हुन सकेन।

यसरी समयमा उपचार नपाउँदा यस जिल्लाका दुर्गम क्षेत्रमा बर्सेनि गर्भवतीको ज्यान जाने क्रम रोकिएको छैन। रासस

 

प्रकाशित: २८ आश्विन २०७३ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App